Harsamaya
दुई वटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद सचिवालय ।

काठमाडौं - संघीय संसदको दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिनको १ः०० बजे समितिको सभा हल सिंहदरबारमा बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै,राष्ट्रिय सभा अन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति समितिको बैठक पनि आज बस्दै छ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको आगामी योजना तथा कार्यक्रम सम्बन्धमा छलफल हुने छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update