Harsamaya
भीमफेदी गाउँपालिकाद्वारा पाटन हेटौँडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण

हेटौँडा - मकवानपुरको भीमफेरी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौँडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण गरिएको छ । जेनजी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौँडा इजलासको भवन र भित्र रहेका धेरैजसो सामाग्री जलेर नष्ट भएका थिए ।

त्यसै कारणले गर्दा अदालतका काम गर्न असहज भइरहेको समयमा भीम फेदी गाउँपालिका कार्यालयले आज कम्प्युटर दुई थान, प्रिन्टर ३ थान हस्तान्तरण गरिएको हो ।

भीम फेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौँडा इजलासका उपरजिस्टार बद्री प्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा भीम फेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जिवन कुबर, अदालतका अधिकृत जय प्रकाश घिमिरे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update