मूलपानीमा पसलमा आगलागी हुँदा १० लाखको क्षति

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित दुई वटा पसलमा आगलागी भएको छ । उक्त आगलागीबाट १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
दोलखा तामाकोशी गाउँपालिका–६ घर भएका राम्जी फुयालको रङ पसल र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ घर भएका राजन श्रेष्ठको ग्रिल पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२ २१:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय