Harsamaya
गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो

काठमाडौं - नेपाली काँग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।

विहीबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभा भगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन् ।

माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए ।

उनले भने,‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरू छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्त्वपूर्ण छ । जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन । नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । यसबाट पनि थाहा हुन्छ । उहाँले कति धेरै सङ्घर्ष कति गर्नुभएको छ त्यहीबाट थाहा हुन्छ ।’

त्यस्तै उनले जनजी आन्दोलनको कभर अपमा दल र दलले गरेको योगदान केही होइन भनेर देखाउने दुष्प्रयास भएको पनि बताए । त्यसैले जनजी आन्दोलनमा भएका गतिबिधिहरुको छानबिन हुनुपर्ने माग समेत गरे ।

‘जनजी आन्दोलनको कभरअपमा दल र दलले गरेको जुन योगदान छ त्यो योगदान केही होइन भनेर देखाउने दुष्प्रयास भइरहेको छ । त्यसैले अहिले यसको राम्रोसँग छानबिन गर्न आवश्यक छ । जसले दुष्प्रयास गरिरहेको छ त्यसमा सरकार र पार्टी दुवै सजक हुनुपर्छ ।’

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update