Harsamaya
वनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं - काठमाडौंको वनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँ बसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान ठक्कर दिँदा ६८ वर्षीय पैदल यात्रीको मृत्यु भएको हो ।

मृतक संखुवासभाको खाँद बारी घर भई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार यो घटना आज बिहान साढे ५ बजे भएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update