नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं - नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् । सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदै छ। सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ ।
पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, सुनसरीमा केशव थेवेलाई पठाइएको छ । साथै भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२ ०७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय