गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट

काठमाडौं - हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ ।
भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्त भएको थियो । त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो ।
हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाई गरी सामान सार्ने काम भइरहेको छ । नयाँ अन्तरिम सरकारमा गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ १३:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय