तनहुँमा दुई महिला मृत फेला
तनहुँ - तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–३ देउराली नगरस्थित सेती नदीमा अन्दाजी ५५/६० वर्षीया वृद्धा र व्यास–१ तालघरेस्थित बुल्दी खोलामा अन्दाजी ३०/३५ वर्षीय महिला मृत अवस्थामा भेटिएका हुन् ।
दुवैको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको र सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

