Harsamaya
एउटै गाउँबाट दुई करोड बढीको सुन्तला बिक्री
एउटै गाउँबाट दुई करोड बढीको सुन्तला बिक्री तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन् ।
तनहुँमा दुई महिला मृत फेला
तनहुँमा दुई महिला मृत फेला जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–३ देउराली नगरस्थित सेती नदीमा अन्दाजी ५५/६० वर्षीया वृद्धा र व्यास–१ तालघरेस्थित बुल्दी खोलामा अन्दाजी ३०/३५ वर्षीय महिला मृत अवस्थामा भेटिएका हुन् ।
तनहुँ विषालु च्याउ प्रकरण: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
तनहुँ विषालु च्याउ प्रकरण: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन् ।  
तनहुँमा रुखको हाँगाले लागेर एकको मृत्यु
तनहुँमा रुखको हाँगाले लागेर एकको मृत्यु मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 
तनहुँमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
तनहुँमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 
चार वर्षमा पनि बनेन सेती नदीमा पुल 
चार वर्षमा पनि बनेन सेती नदीमा पुल  पुल निर्माणका लागि १५ करोड ५९ लाख १७ हजार ६ सय ९९ मा एमएस महादेव खिम्ती अन्जनय पराजुली जेभीले ठेक्का लिएको थियो । उक्त पुल निर्माणमा हालसम्म रु आठ करोड १३ लाख ६२ हजार पाँच सय ३३ खर्च भएको तिवारीले जानकारी दिए । 
Weather Update