Harsamaya
संसद भवन परिषद्लगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना

काठमाडौं - नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्त्वपूर्ण स्थानहरू नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ । जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरूमा सेना तैनाथ गरिएको हो ।

जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले काठमाडौँका विभिन्न स्थानबाट केही युवाहरूलाई पक्राउ समेत गरेको छ । यस्तै आज बिहानैदेखि देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि सेनाले आग्रह गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update