Harsamaya
नेपाली सेना आज राति १० बजेबाट तैनाथ हुने
नेपाली सेना परिचालन।

काठमाडौं - आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज) राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ । 

हालको विषम परिस्थितिको फाइदा उठाउँदै केही समूहहरुले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्याधिक क्षति पुर्याउने, लुटपाट एवम आगजनी गर्ने कार्य भइरहेकाले संयमित हुन सेनाले आग्रह समेत गरेको छ । 

यस्ता किसिमका गतिविधि नरोकिएसम्म नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकाय सुरक्षाका लागि स्थिति नियन्त्रण लिन आज मंगलबार १० बजेबाट तैनाथ रहने सेनाले एक सूचनामार्फत जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update