जेनजीको अपील : सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्याऊँ

काठमाडौं - जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन भन्दै अपिल जारी गरेको छ । आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकिसकेको हुँदा परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको अपिलमा उल्लेख छ ।
सार्वजनिक अपिलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौँ ।’
नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको पनि अपिलमा उल्लेख गरिएको छ ।
‘हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौँ ।’
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय