Harsamaya
कोशीमा पनि जेनजीको आन्दोलन 
जेनजी आन्दोलन ।

कोशी - सोमबार काठमाडौंको माइतीघर सहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।

जसअन्तर्गत कोशी प्रदेशको विराटनगर, इटहरी सहितका प्रमुख सहरमा पनि यो पुस्ताले आन्दोलन गर्ने भएको छ । 

सामाजिक संञ्जालहरुमा राखिएको सूचनाअनुसार कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बिहान ११ बजेबाट आन्दोलन सुरु हुने छ भने, विराटनगरमा पनि सनसारीमाइस्थानदेखि सिडियो कार्यालयसम्म आन्दोलन गरिने जनाइएको छ । 

जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए । जसको राजनीतिक दलदेखि संघसंथासम्मले समेत साथ दिइरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update