Harsamaya
बर्दिवासमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता
सांकेतिक तस्वीर: हर समय/Har Samaya

महोत्तरी - महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् ।

बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घरफर्केर नआएको निजका काका प्रमोद पासवानले बताए । 

गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमले पीडित परिवारले प्रहरी चौकीमा बालक खोजतलासका लागि दिएको निवेदनपश्चात् तुरुन्तै सक्रिय भएको प्रहरी टोलीले बालक गौतमको खोजतलास गरिरहेको बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update