घरमा सुतेका दुई बालिका बिहान जङ्गलमा मृत फेला
दैलेख - दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला परेका छन्। भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घरनजिकैको जङ्गलमा मृत फेला परेका हुन्।
नाताले दिदीबहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार दुवै बालिका आइतबार राति एउटै घरमा सुतेका थिए। राति घरबाट निस्किएका उनीहरू सोमबार बिहान घरभन्दा केही टाढा रहेको जङ्गलमा मृत अवस्थामा भेटिएका हुन्।
घटनाको जानकारी पाएपछि प्रहरीले घटनास्थलमा टोली खटाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३ २१:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

