Harsamaya
पूर्वराष्ट्रपति, उपराष्ट्रपति राजनीतिक सक्रियता रोक्ने संवैधानिक प्रावधान छैन : देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

विराटनगर -  पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्किन पाउने कि नपाउने भन्ने विषयमा चर्किएको बहसबारे नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले यसमा कुनै प्रतिबन्ध नलगाएको स्पष्ट पारेका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई अस्वाभाविक नठान्न आग्रह गरे । उनले भने, ‘संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन । त्यसैले उनीहरूको सक्रियता वैधानिक अधिकारकै प्रयोग हो ।’

संविधान संशोधनबारे उठेका प्रश्नमा देउवाले भने, ‘दुईतिहाइ बहुमत बिना संशोधन सम्भव छैन । त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ, तर तत्काल कुनै निष्कर्ष निक्लिएको छैन ।’ 

उनले सरकार परिवर्तन र फेरबदलको समेत कुनै सम्भावना नरहेको स्पस्ट पारेका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update