चुच्चेपाटी भाटभटेनी अगाडि मोटरसाइकल दुर्घटना: महिलाको मृत्यु

काठमाडौं - काठमाडौंमा सवारी दुर्घटनामा परी महिलाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको हो ।
बिहीबा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौँ साँखु बस्ने उदयपुरकी ३५ वर्षीया उषा तामाङ घाइते भएकी र उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ २१:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय