Harsamaya
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल

काठमाडौं - आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल गरिएको छ ।

मंगलबार बसेको समितिको बैठकमा समिति सचिव सञ्जय दाहालले प्रतिवेदनको खाका प्रस्तुत गरेका हुन् । समितिका सचिव दाहालका अनुसार गत वर्षको अनुभव सहित यस पटक कार्यक्रम एवं योजनाहरू ल्याइएको छ ।

उनले भने, ‘गत वर्षको अनुभवसहित यो वर्ष हामीले हाम्रा कार्यक्रमहरू, योजनाहरू सुधार गर्नुपर्नेछ । त्यसको समीक्षा हामी पछि गर्छौ । यो प्रतिवेदनको खाकाको सन्दर्भमा परिच्छेद १. पृष्ठभूमि, २. समिति गठन, ३. समितिको कार्यक्षेत्र काम, कर्तव्य र अधिकार, ४. समितिको कार्यविधि, ५. उपसमिति एवं कार्यदलहरूको गठन रहनेछ ।’

सचिव दाहालले प्रस्तुत गरेका प्रतिवेदको खाका माथि आफ्नो धारणा राख्दै नेकपा एमालेकी सांसद सुमित्रा बिसीले परिच्छेद ४ मा रहेको समितिको कार्यविधि अन्तर्गत ४. ३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनमा त्यसको उपलब्धि पनि थप्नुपर्ने सुझाव दिइन् ।

‘प्रतिवेदन तयार गर्नका लागि शीर्षकहरू तयार भएको छ । व्यवस्थित नै छ भन्ने लाग्छ । यो परिच्छेद ४ को ४.३ मा रहेको सरकारी आश्वासन कार्यान्वयन अवस्था, स्थलगत अवलोकन तथा अनुगमनबाट दिएको विषय भन्नेमा यसको उपलब्धि थप्न पाए अझै राम्रो हुन्थ्यो,’ उनले भनिन् । 

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update