गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भव : गृहमन्त्री
शनिबार, भदौ ६, २०८३
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै मन्त्री गुरुङले अबोध छोरीमाथि भएको क्रूर अपराधले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
जनकपुरमा गुठीको जग्गामा बनाइएका अतिक्रमित संरचनामा चल्यो डोजर (भिडियोसहित)
शनिबार, भदौ ६, २०८३
पोखरीका संरचनाहरु अतिक्रमणमुक्त भइसकेपछि दोस्रो चरणमा मन्दिर परिसरलगायतका अन्य स्थानहरुमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु हटाइने उनले जानकारी दिए ।
जाजरकोट पहिरो : १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर
शनिबार, भदौ ६, २०८३
रिसाङमा गएको पहिरोमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पहिरोले २०८० सालको भूकम्पबाट कमजोर बनेको बस्तीलाई थप जोखिममा पारेपछि अधिकांश परिवार पुनः विस्थापित भएका छन् । एनडिआरआरएमएका संयोजक सुरेश सुनारले जोखिम मूल्याङ्कनको अध्ययन अझै जारी रहेको र अन्तिम प्रतिवेदनपछि थप व्यवस्थापनका विषयमा निर्णय हुने...
स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको ट्रम्पको दाबी
शनिबार, भदौ ६, २०८३
सम्बोधनका क्रममा उनले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गर्दै कुनै पनि हालतमा उसलाइ परमाणु हतियार बनाउन नदिने बताएका छन् । उनले भने, ‘हामी इरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ । यदि त्यसो भयो भने धेरै खराब परिणाम देख्नु पर्नेछ ।’
बालिका गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग
शनिबार, भदौ ६, २०८३
पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
गरिमा चौधरीको हत्यामा प्रचण्डको आक्रोश : ‘दोषीलाई कुनै पनि दबाबमा उन्मुक्ति नदिइयोस्’
शनिबार, भदौ ६, २०८३
सामाजिक सञ्जालमा शनिबार लेख्दै प्रचण्डले घटनाले आफूलाई स्तब्ध र आक्रोशित बनाएको भन्दै यस्ता जघन्य अपराध सभ्य र संवेदनशील समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्।
युवतीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ
शनिबार, भदौ ६, २०८३
प्रहरीका अनुसार घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्नेछ।
बेनी–जोमसोम सडक अवरुद्ध
शनिबार, भदौ ६, २०८३
दुवै स्थानमा पहिरो खसेपछि सडकमा सवारी आवागमन ठप्प भएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले आवश्यक प्रयास गरिरहेको जनाइएको छ।
ट्राफिक प्रहरीले गर्यो १ हजार १३९ जनालाई कारबाही
शनिबार, भदौ ६, २०८३
यसैगरी, तीव्रगतिमा १५६, हर्न निषेधमा ४६, लेन क्रसमा ९९, अवस्था ठिक नभएको ३१, एकतर्फीमा २२ र अन्यमा ६११ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
शाकाहारी आहारले शरीरको तौल घटाउँछ ?
शनिबार, भदौ ६, २०८३
१६ हप्तासम्म गरिएको एक क्लिनिकल परीक्षणमा फलफूल, तरकारी, अन्न तथा गेडागुडीमा केन्द्रित आहार अपनाएका सहभागीहरूले कुल खानाको मात्रा लगभग उस्तै खाए पनि प्रतिदिन करिब ३५७ क्यालोरी कम उपभोग गरेका थिए
कहाँ कहाँ पर्दैछ पानी ?
शनिबार, भदौ ६, २०८३
राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य? व्यापार, प्रेम र प्रतिष्ठामा यस्तो रहनेछ दिन
शनिबार, भदौ ६, २०८३
मकर : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। अन्य विरुद्ध आफ्नो दूषित-इच्छा प्रकट गर्नाले मानसिक तनाउ दिनेछ।
सुन सफा गर्ने बहानामा ठगी गर्ने चार भारतीय पक्राउ
शुक्रबार, भदौ ५, २०८३
मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने क्रममा रसायन प्रयोग गरी गरगहनाको तौल घटाएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
साताको लोकप्रिय

