बाजुरामा बालीनाली भित्र्याउन भ्याई नभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो
बिहीबार, असोज १६, २०८२
यहाँका गाउँ बस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दशैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दशैं भन्दा अन्नबाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यति बेला पनि बालीनालीमै व्यस्त छन् ।
नेपाल मलेसियासँग ३ रनले पराजित
बिहीबार, असोज १६, २०८२
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन्।
जेनजी आन्दोलनमा मधेस प्रदेशमा ७ करोड बढी क्षति
बिहीबार, असोज १६, २०८२
क्षतिग्रस्त सबै कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले २ करोड ६ लाख ७८ हजार ३ सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् ।
दशैं विगतजस्तो छैन, इन्टरनेटले सम्बन्धहरूलाई टाढा बनाएजस्तो लाग्छ’(भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
विगतको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता पाएको बताउँदै उनले इन्टरनेटका कारण मानिसहरूबिचको प्रत्यक्ष सम्बन्धमा दरार आएको उनी बताउँछन् ।
राष्ट्रपतिले लगाए टीका
बिहीबार, असोज १६, २०८२
उनले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गरेका हुन् ।
अस्थायी भवनमा सारियो बागमती प्रदेशको ६ मन्त्रालय
बिहीबार, असोज १६, २०८२
आगजनीबाट क्षति पुगेका८ वटा मन्त्रालयमध्ये ६ वटालाई अस्थायी रूपमा कार्य प्रारम्भ गर्न सरकारी स्वामित्वका भवनहरूमा स्थानान्तरण गरिएको छ ।
नेपालको विस्तारित ऋण सुविधा आईएमएफले स्वीकृत गर्यो
बिहीबार, असोज १६, २०८२
यसअघि, अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट १० ठूला बैंकको कर्जाको गुणस्तरसम्बन्धी अध्ययन लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) गर्ने विषयमा अदालतमा मुद्दा परेपछि त्यसले अन्तर्राष्ट्रिय मुद्राकोषको ऋणको छैटौँ किस्तामा ढिलाइ हुने सम्भावना देखिएको थियो ।
राष्ट्रपतिले पनि आमनागरिकलाई दशैंको टीका नलगाउने
बिहीबार, असोज १६, २०८२
देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बिहीबार, असोज १६, २०८२
गाजर (लोकल) प्रतिकिलो १३० रुपैयाँ , गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ , लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ , सेतो मूला (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ, तने बोडी प्रतिकिलो १२० रुपैयाँ, मकै...
‘वडादशैं विजयको उत्सव मात्र होइन् सत्य, सदाचार, सद्भाव र एकताको पर्व हो’ : वेद गुरु आचार्य (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
शारदीय नवरात्रि अन्तर्गत मनाइने बडादशैंमा नवदुर्गाको नौँ दिनसम्म पूजा आराधना गरिन्छ । घटस्थापनाबाट सुरु हुने यो अनुष्ठान, हरेक दिन पृथक् दुर्गा स्वरूपको पूजा गर्दै दशौँ दिनमा विजया दशमीको रूपमा समापन गरिन्छ ।
प्रधानमन्त्री कार्कीले बडादशैंको टीका नलगाउने
बिहीबार, असोज १६, २०८२
बडादशैँ हर्षोल्लास साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रातो टीकाले क्रान्ति र सेतोले शान्ति भाव प्रकट गराउँछ : न्यौपाने (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
उनले रातो क्रान्तिको प्रतिक, शान्तिको प्रतिक अमरत्वको प्रतिक, अटल सौभाग्यको प्रतिकका रूपमा मानिने भएकाले विजयको रूपमा त रातो धारा लाउने पनि बताए ।
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पौडेल
बिहीबार, असोज १६, २०८२
राष्ट्रपति पौडेलले भनेका छन्, ‘सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु ।’
साताको लोकप्रिय

