Harsamaya
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

चितवन - पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अबरुद्ध भएको छ । आज बिहान २:२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो । 
    
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ८:०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।

अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ  । 
    
स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १०:०० बजेदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update