Harsamaya
हर समय
हर समय
६ महिनादेखि तलब नपाएपछि प्रजिअलाई साँचो हस्तान्तरण
६ महिनादेखि तलब नपाएपछि प्रजिअलाई साँचो हस्तान्तरण बहुदरमाई नगरपालिका मातहतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले गत बुधबारदेखि शुक्रबारसम्म सांकेतिक विरोधस्वरुप ‘हाफ टाइम’ सम्म पढाएर विरोध गरेका थिए । नगरपालिका प्रशासनले सो समस्या समाधान गर्नेतर्फ वास्ता नगरेपछि शिक्षकले विद्यालय बन्द गरेको जनाएका छन् ।
पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम
पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
विपिन सकुशल घर फर्किने आशामा परिवार
विपिन सकुशल घर फर्किने आशामा परिवार हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।
विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न
विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न खाँडाचक्र नगरपालिका-१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहु प्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् । विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु. दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बिनाकुमारी शाहीले जानकारी दिइन् ।
 गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
 गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने भाषा आयोग काठमाडौँले प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरू पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको मन्त्री थापाले बताए । 
अमेरिकाका राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै, समारोह घरभित्रै हुने
अमेरिकाका राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै, समारोह घरभित्रै हुने उनले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहण पछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन ।
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।
बालबालिकाले बनाएका चित्रकला प्रदर्शनी
बालबालिकाले बनाएका चित्रकला प्रदर्शनी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा गत पुस २१ देखि २५ गतेसम्म माध्यमिक विद्यालयस्तरीय धुम्रपान मद्यपानलगायत लागुऔषध प्रयोग निवारणसम्बन्धी पाँचदिने चित्रकला तालिम सञ्चालन गरिएको थियो । सो चित्रकला तालिममा बनाइएका चित्रहरुको आइतबारदेखि मङ्गलबजारमा प्रदर्शनी गरिएको हो ।
अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी
अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् ।
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण
सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण यहाँको बेनी नगरपालिका–९ स्थित घतानमा सामुुदायिक वनको घाँसदाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । रु १५ लाखको वडास्तरीय विपद् व्यवस्थापन कोष स्थापना गर्नाका साथै रु नौ लाख २४ हजारको लागतमा स्वास्थ्य चौकीको दुईकोठे भवन निर्माण गरिएको हो ।
इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो
इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् । गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसगैँ  धार्मिक पर्यटकरुको आवागमन बढेको हो । मन्दिरका पूजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको...
इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, नेपालका विपीन जोशी परेनन्
इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, नेपालका विपीन जोशी परेनन् इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्।
Weather Update