Harsamaya
रास्वपाको सिन्धुपाल्चोक जिल्ला सभापतिमा कमला खड्काको उम्मेदवारी
कमला खड्का ।

सिन्धुपाल्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला नेतृत्व चयनका लागि हुने प्रथम अधिवेशनमा कमला खड्काले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

श्रावण २२ गते चौतारामा हुने प्रथम जिल्ला अधिवेशनलाई लक्षित गर्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन्। प्रचार सामग्रीमार्फत खड्काले ‘परिवर्तनको सुरुवात हाम्रो साथ’ भन्ने नारासहित नेतृत्वका लागि मत मागेकी छन्।

उनले स्वतन्त्र सोच, विकास र सुशासन, सहभागिता र पारदर्शिता तथा सामाजिक न्यायलाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेकी छन्।

साथै, ‘रास्वपालाई बलियो बनाऔँ, सुशासनयुक्त सिन्धुपाल्चोक बनाऔँ’ भन्ने प्रतिबद्धतासहित अत्यधिक मतले विजयी गराउन पार्टी सदस्य तथा प्रतिनिधिसँग अपिल गरेकी छन्।

रास्वपाले देशभर गत जेठ २४ गते एकैसाथ जिल्ला अधिवेशन सुरु गरेको भए पनि सिन्धुपाल्चोकमा उद्घाटन सत्र सम्पन्न भएपछि बन्दसत्रमा विवाद उत्पन्न हुँदा अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update