Harsamaya
हर समय
हर समय
एसिसी यु–१९ एसिया कप: आज नेपाल र बंगलादेश भिड्दै
एसिसी यु–१९ एसिया कप: आज नेपाल र बंगलादेश भिड्दै । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।
भारतीय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी
भारतीय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी ‘GOAT इन्डिया टुर २०२५’ अन्तर्गत मेस्सीको अन्तिम गन्तव्य दिल्ली रहनेछ, जहाँ उनी आज पुग्ने कार्यक्रम रहेको छ । 
सालपा विकास बैंकको आईपिओमा आवेदन दिने आज अन्तिम दिन
सालपा विकास बैंकको आईपिओमा आवेदन दिने आज अन्तिम दिन सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ ।
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा बैठकले राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको एकतालाई सहजीकरण गर्न गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरेको छ । उक्त समितिमा टीका गुरुङ (राधिका) सह–संयोजक रहेकी छिन् भने सदस्यहरूमा नारायण काफ्ले, शनी ओली र चिरञ्जीवी खड्का रहेका छन् ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य ज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ, आलु सेतो...
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको सङ्ख्याले पैदल यात्रुसहित अन्य वाहनहरूलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएकोमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो । 
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता निर्वाचन कार्यतालिका अनुसार आज बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ
सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ लाल बन्दी – ५ स्थित निर्माणाधीन अवस्थामा रहेको सुवास लामिछानेको घरमा खानतलासी गर्दा भुईँ तलाको पश्चिम–दक्षिणतर्फ रहेको कोठाको पूर्वी भित्तामा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाई छिपाइ राखिएको अवस्थामा सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना अस्पतालमा उपचाररत
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना अस्पतालमा उपचाररत न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बोन्डी बीच क्षेत्रमा ठूलो स्तरको प्रहरी अपरेसन जारी रहेको जनाएको छ । प्रहरीले घटनास्थल वरपर नजान र सबै निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।
उकालो लाग्यो युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
उकालो लाग्यो युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०५ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकिएको छ ।
Weather Update