महाकुम्भमा मेलामा सोमबार ४४ लाख भन्दा बढी भक्तहरूले गरे स्नान
सोमबार, माघ ७, २०८१
‘अग्नि सुरक्षा व्यवस्थाका सम्बन्धमा चन्द्रले कुम्भमा भइरहेको व्यापक तयारीबारे प्रकाश पार्नुभयो । सम्पूर्ण कुम्भ क्षेत्रमा फायर सेफ्टीलाई इमान्दारीका साथ लिइएको छ । एक हजार ३०० भन्दा बढी दमकल तैनाथ गरिएको छ । यसलाई अझै मजबुत बनाउनेछौं ।’
पूर्वमुख्यमन्त्री थापालाई कुटपिट गर्नेमाथि कारबाही हुन्छ : गृहमन्त्री लेखक
सोमबार, माघ ७, २०८१
गृहमन्त्री लेखकले मुलुकमा आर्थिक र व्यावसायिक चलायमान गर्न, विदेशी लगानी भित्र्याउन, सुशासन र पारदर्शिता कायम राख्न, प्रशासन र सार्वजनिक सेवालाई चुस्त एवं दुरुस्त बनाउन सरकारले केही अध्यादेश ल्याएको स्पष्ट पारे ।
ट्रकको ठक्करबाट धरानमा पैदल यात्रीको मृत्यु
सोमबार, माघ ७, २०८१
धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
आज दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए...
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने झापाका सीतादेवी राई पक्राउ
सोमबार, माघ ७, २०८१
उनी यही माघ २ गते काठमाडौं जिल्ला अदालतको दक्षिण गेटबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी फरार रहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीले सोही घटनामा संलग्न अन्य दुई जनालाई यसअघि पक्राउ गरिसकेको छ ।
इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गर्दै परराष्ट्रमन्त्रीले भनिन् -विपीनको रिहाइको लागि पहल गरिदिनुस्
सोमबार, माघ ७, २०८१
फोनवार्ताका क्रममा मन्त्री डा राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद दिएकी थिइन् । त्यसैगरी इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपीनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए ।
गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग
सोमबार, माघ ७, २०८१
साथै शुक्रबार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्थाले गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दानपेटिका र पङ्खाहरू तोडफोड गरी चरम उद्दण्डता गरेको दृश्यहरू सिसी टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापनपत्रमार्फत जनाइएको छ ।
विचार : गरिबी र असमानताको अन्त्य कहिले ?
सोमबार, माघ ७, २०८१
बढ्दो गरिबी र असमानता समकालीन विश्वको सर्वाधिक चिन्ताको विषय हो । तर एकातिर पछिल्लो दशक जसरी विश्वभर गरिबी र असमानता झाँगिदै गएको छ, उसैगरी धनीहरु भने झन धनी भइरहेका छन् । खासगरी बितेका केही वर्ष विश्व समुदायलाई नै अति प्रभावित तुल्याएको कोभिड–१९ को महामारी र केही देशहरुबीच भएको युद्धका कारण...
अमेरिकामा टिकटक पुनः सुरु
सोमबार, माघ ७, २०८१
टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर–चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिँदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो ।
चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर सञ्जय रोयलाई आजीवन जेल
सोमबार, माघ ७, २०८१
पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।
नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित
सोमबार, माघ ७, २०८१
बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक/एक विकेट लिए ।
महोत्तरीको मझौरा गाउँ शौचालयविहीन
सोमबार, माघ ७, २०८१
स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, बाँस र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठूलो कुरा भएको बताए । यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु उनले प्रतिप्रश्न गरिन् ।
सेयर बजार ६.७८ अंकले बढ्यो,साढे ६ अर्ब कारोबार
सोमबार, माघ ७, २०८१
अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन शून्य दशमलव १२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३, व्यापार एक दशमलव ०६ र अन्य समूह दुई दशमलव १३ प्रतिशतले बढेको...
भ्रष्टहरूलाई संरक्षण गर्ने र बचाउने काममा सरकार लाग्यो - महासचिव गुरुङ
सोमबार, माघ ७, २०८१
उनले अहिले संसद नबोलाएर अध्यादेश ल्याउनुपर्ने कुनै कारण नभएको भन्दै कुनै पनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए । उनले सदनमा विचाराधिन अवस्थामा रहेको विधेयकका बारेमा सरकारले अध्यादेश ल्याउन पाउँछ की पाउँदैन भन्दै प्रश्न गरे । महासिचव गुरुङले गिरीबन्धु टि—स्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको...
साताको लोकप्रिय

