ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा मेरो विरुद्ध साँठगाँठ भयो : प्रचण्ड [भिडियो]
शनिबार, साउन १०, २०८२
प्रचण्डका अनुसार अध्यक्षका रूपमा आफैंले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी थिए । उनलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वाससमेत लागेको थियो। तर, केही दिनमै परिस्थिती उल्टिएको उनले बताए ।

डुबेर बेपत्ता भएका बालकको शव फेला
शनिबार, साउन १०, २०८२
भारत बिहार सीता मढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया बस्ने शिवशङ्कर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव फेला परेको उनले जानकारी दिए ।
![फलफूलमा हुने आयात कम गर्न फल दिने बिरुवा रोप्न आवश्यक : सांसद श्रेष्ठ [भिडियो]](https://www.harsamaya.com/uploads/posts/biraj-bhakta-shrestha-1753533910.jpg)
फलफूलमा हुने आयात कम गर्न फल दिने बिरुवा रोप्न आवश्यक : सांसद श्रेष्ठ [भिडियो]
शनिबार, साउन १०, २०८२
खुल्ला क्षेत्रहरूमा फलफूलहरू रोप्न थालियो भने चराचुरुङ्गीले पनि खान पाउने र बिस्तारै बाहिरबाट भित्र्याउने सङ्ख्यामा पनि कमी हुन्छ । यस्ता कामहरूले सुक्ष्मरुपमा अर्थतन्त्रमा नै टेवा पुग्ने पुर्याउने देखिन्छ ।’

गोली प्रहार गरी सिरहामा प्रहरीले समात्यो लागूऔषध कारोबारी
शनिबार, साउन १०, २०८२
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिराहा र लागु औषध नियन्त्रण ब्युरो गोल बजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम् ७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो ।

विपद्को विषयलाई ठिक ढङ्गले सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री
शनिबार, साउन १०, २०८२
उनले नेपाल प्राकृतिक विपद् जोखिमको उच्च जोखिममा रहेको देश भएको उल्लेख गर्दै भूकम्प, बाढी, पहिरो, डुबान र चट्याङलगायतका विपद्ले देशलाई निरन्तर चुनौती दिइरहेको बताए । ‘अब केही समयपछि अत्यधिक वर्षा भएर फेरि बाढी र डुबानको स्थिति हुन सक्छ,’ उनले भने ।

विप्लव नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित
शनिबार, साउन १०, २०८२
उनीहरूलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रमा स्वागत गरे। नेकपा (विप्लव) को सम्पर्क समिति सहित अन्य राजनीतिक दल परित्याग गरेर नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक जारी
शनिबार, साउन १०, २०८२
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा समिति बैठकमा देशभरका सबै जिल्ला प्रशासन प्रमुखहरूसँग जुम मार्फत छलफल भइरहेको छ । बैठकमा मधेश प्रदेश विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा भर्चुअल रूपमा छलफल भइरहेको छ ।

केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : प्रचण्ड
शनिबार, साउन १०, २०८२
‘नेपालमा अहिले दलाल पुँजीपतिहरू र बिचौलियाहरूले राज्य कब्जा गर्दै छन्,’ उनले भने, ‘आजको विकास र समृद्धिको यात्रामा मुख्य बाधक यही हो । अवस्था दयनीय छ । संघीय निजामती विधेयकमा भएको छेड छाड लाजमर्दो थियो, जसले सांसदहरूलाई समेत अपमानित गरायो ।’

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन
शनिबार, साउन १०, २०८२
फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्र्तगत सक्रिय रुपमा काम गरिरहेको बताए ।
![‘कुलिङ पिरियड’मा एमालेको षड्यन्त्र, छानबिनमा प्रधानमन्त्री ओली पनि पर्नुपर्छ : प्रचण्ड [भिडियो]](https://www.harsamaya.com/uploads/posts/prachanda-1749470146.jpg)
‘कुलिङ पिरियड’मा एमालेको षड्यन्त्र, छानबिनमा प्रधानमन्त्री ओली पनि पर्नुपर्छ : प्रचण्ड [भिडियो]
शनिबार, साउन १०, २०८२
प्रचण्डले ऐनबारे संसदमा भएको संशोधन र एमाले सांसदहरूको भूमिकालाई संकेत गर्दै उक्त दलको नियतमै समस्या रहेको बताए । उनले भने, ‘संघीय निजामती ऐन जुन कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने ।’

स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ
शनिबार, साउन १०, २०८२
लहान–३ अस्पताल चोकबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

व्यवहारिक र प्रविधिमैत्री शिक्षण प्रणाली जरुरी छ : मुख्यमन्त्री कँडेल
शनिबार, साउन १०, २०८२
वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवम् शैक्षिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले समय अनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको बताए ।
![८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री [भिडियो]](https://www.harsamaya.com/uploads/posts/Raghuji-Panta-1748614816.jpg)
८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री [भिडियो]
शनिबार, साउन १०, २०८२
शनिबार काठमाडौंका आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौ महानगरपालिका १५ वडा कमिटीद्वारा एसईई सम्मान बधाई तथा शुभकामना दिँदै अहिलेका युवाहरुले घरमै बसेर विदेशका विभिन्न कम्पनीबाट काम लिई ल्याप्टपबाट काम गरि पठाउँदा नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए ।
साताको लोकप्रिय