Harsamaya
हर समय
हर समय
 ‘बुलेट आमा’ लाई काठमाडौं महानगरको सम्मान
 ‘बुलेट आमा’ लाई काठमाडौं महानगरको सम्मान प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा साहसी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरूले लगाउने गुन्यूचोलो लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरूका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो उनले बताइन् । 
उपचारपछि पोखरा फर्किए मेयर आचार्य
उपचारपछि पोखरा फर्किए मेयर आचार्य मन्त्री पौडेल केही दिन अघि नै अस्पतालबाट डिस्चार्ज भएर हाल नियमित काममा फर्किसकेका छन् भने मेयर आचार्य आज डिस्चार्ज भएर पोखरा फर्किएका हुन् । उनले उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति आभार व्यक्त गरेका छन्...
कांग्रेस, एमाले र माओवादीका कारण देश असफलतर्फ उत्मुख - राजेन्द्र महतो
कांग्रेस, एमाले र माओवादीका कारण देश असफलतर्फ उत्मुख - राजेन्द्र महतो हालै सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष महतोले देशका शासकहरूमा एकल नश्लील चरित्र देखा परेको भन्दै बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष गर्ने बताएका हुन् । 
घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ- मन्त्री यादव
घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ- मन्त्री यादव मन्त्री यादवले पाइपलाइन फुट्ने, चुहिने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए । उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, ‘खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ ।’
म्यानमारसँग हारेपछि भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् माफी
म्यानमारसँग हारेपछि भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् माफी अन्जिलाले पछिल्लो वर्षमा तीन वटा फाइनल खेलेको उल्लेख गर्दै यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्ने बताएकी छन् । साथै उनले यो प्रतियोगिता आयोजना गरी अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धन्यवाद दिएकी छन् । कप्तान अन्जिलाले खेलाडीहरूलाई आलोचना...
काठमाडौंमा घर निर्माण महोत्सव (तस्वीरहरू)
काठमाडौंमा घर निर्माण महोत्सव (तस्वीरहरू) यस महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी रहेको छ । 
सेयर बजार ५० अंकले बढ्यो 
सेयर बजार ५० अंकले बढ्यो  आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन गरे कारबाही हुन्छ - स्वास्थ्य मन्त्रालय 
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन गरे कारबाही हुन्छ - स्वास्थ्य मन्त्रालय  मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उक्त कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने बताए ।
तीन किलो ७४५ ग्राम सुनसहित चार विदेशी पक्राउ
तीन किलो ७४५ ग्राम सुनसहित चार विदेशी पक्राउ पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए । 
स्वकीय सचिवले आत्महत्या गरेपछि मन्त्रीको राजीनामा माग
स्वकीय सचिवले आत्महत्या गरेपछि मन्त्रीको राजीनामा माग प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिनका लागि सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।
तीन जिल्लामा पुनर्निर्माण तथा पुर्न स्थापना आयोजना कार्यान्वयन इकाई स्थापना हुने
तीन जिल्लामा पुनर्निर्माण तथा पुर्न स्थापना आयोजना कार्यान्वयन इकाई स्थापना हुने आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको छ ।
उर्जामन्त्रीलाई कुलमानको जबाफ- मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन (प्रष्टीकरणसहित)
उर्जामन्त्रीलाई कुलमानको जबाफ- मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन (प्रष्टीकरणसहित) उनले भनेका छन्- 'निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची - १ को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली,...
Weather Update