काठमाडौंमा घर निर्माण महोत्सव (तस्वीरहरू)

काठमाडौं - काठमाडौंमा घर निर्माण महोत्सव भइरहेको छ । बिहीबारबाट सुरु भएको महोत्सव शनिबारसम्म चल्नेछ ।
नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्न महोत्सव गरिएको स्किल सेवाले जनाएको छ ।
यस महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी रहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ १६:४१
प्रतिक्रिया दिनुहोस्