कस्तो छ आजको तपाईंको राशिफल ?
शुक्रबार, फागुन १६, २०८१
मीन
एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिँदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ ।
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प
शुक्रबार, फागुन १६, २०८१
सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरकाे भूकम्प गएको छ।
नेमकिपाको महाधिवेशन आजदेखि, बिजुक्छेँ नै होलान् त अध्यक्ष ?
बिहीबार, फागुन १५, २०८१
उद्घाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका विभिन्न पाँच ठाउँहरूबाट छुटाछुटै जुलुस गरी सल्लाघारी उद्घाटन स्थलमा पुग्ने जनाइएको छ । बिहान १० बजे भेला भई बाजागाजाका साथ र्यालीसहित उद्घाटनस्थल सल्लाघारी भक्तपुरमा दिउँसो १ बजे पुग्ने जनाइएको छ ।
जसपाले बोलायो केन्द्रीय समिति बैठक
बिहीबार, फागुन १५, २०८१
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक बिहान ११ बजे सुरु हुनेछ ।
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित नहुने
बिहीबार, फागुन १५, २०८१
‘नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यङ्ग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनुहुँदैन,’ महामन्त्री शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन। यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ।’
सुक्खा पहिरोले ३८ वर्षीय दुर्जनको मृत्यु
बिहीबार, फागुन १५, २०८१
जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बेलायती सेना प्रमुखले गरे नेपाली सेनाको प्रशंसा
बिहीबार, फागुन १५, २०८१
जनरल वाकरले सो अवसरमा भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले बेलायतमा ब्रिगेड अफ गोर्खाजले पुर्याएको योगदानको खुलेर प्रशंसा गरे ।
सर्वनाममा इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै
बिहीबार, फागुन १५, २०८१
'शान्तिको लागि थिएटर, संस्कृतिहरूको आदानप्रदान र दिगो भविष्य संरक्ष' मूल नारा रहेको महोत्सवमा विभिन्न सहरका २ दर्जन बढी नाटकहरू प्रदर्शन हुनेछन् । नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा गरि १३ ओटा नाट्य प्रशिक्षण तथा कार्यशालाहरू पनि सञ्चालन हुनेछन् । प्रत्येक कार्यशाला फरक फरक देशका रंगकर्मीहरूले गराउनेछन् ।
श्रीकृष्ण नेपालको संयोजकत्वमा बजेट लेखन समिति गठन
बिहीबार, फागुन १५, २०८१
बजेट लेखन समितिको बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरु कार्यक्रमहरूको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेश गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले जानकारी दिए ।
फिल्मको ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको हत्या
बिहीबार, फागुन १५, २०८१
कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीकै १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षीय अरुणकुमार यादव र १९ वर्षीय मुना तिवारीलाई पर्सा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो।
रुस र अमेरिकी कुटनीतिज्ञबीच इस्तानबुलमा भेटवार्ता, सम्बन्ध सुधारको अपेक्षा
बिहीबार, फागुन १५, २०८१
मस्कोले तीन वर्षअघि आफ्नो छिमेकीमाथि गरेको सैन्य आक्रमणको निन्दा हुन नदिन संयुक्त राष्ट्रसंघमा सोमबार भएको मतदानमा संयुक्त राज्य अमेरिकाले दुई पटक रुसको पक्ष लिएको थियो ।
‘बुलेट आमा’ लाई काठमाडौं महानगरको सम्मान
बिहीबार, फागुन १५, २०८१
प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा साहसी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरूले लगाउने गुन्यूचोलो लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरूका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो उनले बताइन् ।
साताको लोकप्रिय

