शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए ।
आज सुनको भाउ बढ्यो
बिहीबार, वैशाख ११, २०८२
हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ज्याकाराण्डाले बेहुली झैं बनेको काठमाडौं (फोटो फिचर)
बिहीबार, वैशाख ११, २०८२
सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् । सडकका दुबै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् ।
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै
बिहीबार, वैशाख ११, २०८२
राजनीतिक संरक्षकका कारण स्थानीय प्रहरीले उनलाई पक्राउ नगरेको स्थानीयको भनाइ रहेको छ । वडा अध्यक्ष साहसहित १२ जना विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेपछि स्थानीय रुष्ट भएका छन् ।
इङ्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल उपाधि नजिक
बिहीबार, वैशाख ११, २०८२
इङ्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल झनै उपाधिको नजिक पुगेको छ । घरेलु मैदानमा बुधवार भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो । लिभरपुल उपाधिबाट केवल १ अंक टाढा छ ।
माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी
बिहीबार, वैशाख ११, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ ।
रास्वपा संसदीय दलको बैठक बस्दै
बिहीबार, वैशाख ११, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने भएको छ ।
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
बिहीबार, वैशाख ११, २०८२
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर...
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
बिहीबार, वैशाख ११, २०८२
चैत १५ गते भएको तीनकुने घटना र त्यस घटनासँग सम्बन्धित भएर पक्राउ परेकाहरूको रिहाइका साथै उक्त घटनाकाे बारेमा न्यायिक छानबिन आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमा छलफल हुने राप्रपा नेपालले जनाएको छ ।
भारतपछि पाकिस्तानले पनि बोलायो राष्ट्रिय सुरक्षा समितिको बैठक
बिहीबार, वैशाख ११, २०८२
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन् । बुधवार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठक बसेको थियो ।
आज लोकतन्त्र दिवस
बिहीबार, वैशाख ११, २०८२
आज देशभर १९औँ लोकतन्त्र दिवस । देशभर प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
कोशी र गण्डकी प्रदेशमा वर्षा र कर्णाली प्रदेशमा हिमपातको सम्भावना
बिहीबार, वैशाख ११, २०८२
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
नेपालमा करिब ७० प्रतिशत मानिसहरु हड्डीको समस्याबाट ग्रसित छन् : डा. बस्याल (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
हाडजोर्नी एवम मेरुदण्ड सम्बन्धि विभिन्न समस्याहरु हुन्छन् । दुखाई हुने पनि विभिन्न कारणहरु छन् । युवा, बृद्ध र बालबालिकाहरुमा छुट्टा छ्ट्टै समस्याहरु हुन्छन् । दैनिक जीवनशैली, खानपानका कारण समस्याहरु फरक फरक देखिन्छन् ।
साताको लोकप्रिय

