प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने
आइतबार, वैशाख २८, २०८२
राष्ट्रपतिले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम लाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
चेलीबेटी बिक्री गर्ने पक्राउ
आइतबार, वैशाख २८, २०८२
मुम्बईमा रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको ७ नम्बर कोठीमा लगेर बालिकालाई तामाङले बिक्री गरेको प्रहरी कार्यालयले जनाएको छ। ती चेलीले सात वर्षसम्म जबरजस्ती वेश्यालयमा काम गरेको प्रहरीलाई बयान दिएकी छिन् । त्यसै क्रममा क्षयरोग रोग लागेपछि २०५१ साल माघमा ती चेली आफ्नै घर सिन्धुपाल्चोक फर्किएकी थिइन् ।
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, मधेस प्रदेशमा हावाहुरीकाे सम्भावना
आइतबार, वैशाख २८, २०८२
सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग् सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको...
‘निरोगात्मक’ र ‘प्रवर्धनात्मक’ जनस्वास्थ्य कार्यक्रम वृद्धि गर्न मिस्टर महानगर प्रतियोगिता आयोजना हुँदै
आइतबार, वैशाख २८, २०८२
काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ का लागि आवेदन आव्हान गरेको छ ।
लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको छ : उपेन्द्र यादव (भिडियोसहित)
आइतबार, वैशाख २८, २०८२
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् ।
आजको राशिफल : भाग्य चम्किने दिन !
आइतबार, वैशाख २८, २०८२
आज २०८२ वैशाख २८ गते आइतबार। आजको दिनको सुरुवात सकारात्मक ऊर्जा र आशाका साथ गर्नुहोस्। ग्रहहरूको चालले अधिकांश राशिहरूमा नयाँ अवसर र आत्मिक सन्तोष ल्याउने संकेत गरेका छन्।
निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गर्नुपर्छ : अध्यक्ष कार्की (भिडियोसहित)
शनिबार, वैशाख २७, २०८२
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
जिप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु
शनिबार, वैशाख २७, २०८२
गाइघाटमा पिकअप जिप दुर्घटनामा हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शनिबार गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो ।
लोकतन्त्र कमजोर भए प्रेस स्वतन्त्रता संकटमा पर्छ : उपराष्ट्रपति यादव (भिडियोसहित)
शनिबार, वैशाख २७, २०८२
नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबारबाट सुरु भएको छ । आज समिटको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् ।
नवलपुरमा एकै परिवारका दाजुभाइ दुर्घटनामा परेर अस्ताए
शनिबार, वैशाख २७, २०८२
लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकल मुण्डेबाट लोकाहातर्फ जाँदै गर्दा सवारी चालकले नियन्त्रण गुमाउँदा सडकको किनारमा रहेको कल्पटमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी निरीक्षक सुदिप पौडेल जानकारी दिए ।
जनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध, तर व्यवस्था परिवर्तनमा समय लाग्छ : मन्त्री सिंह (भिडियोसहित)
शनिबार, वैशाख २७, २०८२
उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली जनताको जीवन सहज गर्ने लक्ष्य पूरा गर्नको लागि सरकार अगाडि बढिरहेको बताएका छन् ।
सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ : प्रधानमन्त्री (भिडियोसहित)
शनिबार, वैशाख २७, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताएका छन् ।
दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो
शनिबार, वैशाख २७, २०८२
दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले क्षेत्रीय अशान्ति, स्थायित्व र विकासमा असर पार्ने खतरा देखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले चासो र चिन्ता व्यक्त गरेको छ ।
साताको लोकप्रिय

