यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
आइतबार, जेठ ११, २०८२
समितिका अनुसार आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ३५, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५० अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
आइतबार, जेठ ११, २०८२
आज बिहान ११ बजे बस्ने समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
नेकपा एमालेको सचिवालय बैठक बस्दै
आइतबार, जेठ ११, २०८२
बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गर्ने आगामी आर्थिक वर्ष २०८२,८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवं साङ्गठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
आइतबार, जेठ ११, २०८२
कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ। बङ्गालको खाडिको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू भागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन...
तनहुँको मादी पुलबाट खस्यो जिप, तीन जनाको मृत्यु
आइतबार, जेठ ११, २०८२
गए राती भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। जिपमा पाँच जना सवार थिए ।
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
आइतबार, जेठ ११, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आइतबार, जेठ ११, २०८२
व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्त्वाकाङ्क्षी योजना सफल होलान्। सुखद समाचारले उत्साह जगाउने छ। दिगो काम प्रारम्भ गर्ने समय छ।
मोटरसाइकल चोरीमा संलग्न २७ वर्षीय निरोज पक्राउ
शनिबार, जेठ १०, २०८२
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।
करिब ८९० किलो गाँजासहित १८ वर्षीय किशोर पक्राउ
शनिबार, जेठ १०, २०८२
जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले बुढीमोरङबाट मोरङको केराबारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२३८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा २९ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी पिकअपमा सवार उनलाई पक्राउ गरेको हो ।
ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते
शनिबार, जेठ १०, २०८२
बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौंको नैकाप बस्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
‘भाषाकै कारण नेपाली साहित्यले अन्तर्राष्ट्रिय पहिचान बनाउन सकेको छैन’
शनिबार, जेठ १०, २०८२
तर अब माया, प्रेम, सामाजिक आन्दोलन, राजनीति, छुवाछुत, धर्म कुराहरू मात्र साहित्य सिर्जनामा व्यक्त गरिनु राम्रो होइन् । त्यस्ता विषयमा धेरैले लेखिसकेका छन् । अहिलेको आवश्यकता भनेको पर्यावरणलाई जोगाउने हो, त्यो भनेको हामी लेखकहरूले पर्यावरण कसरी बिग्रिदैं छ, कसले बिगार्दै छ र त्यसलाई सुधार वा संरक्षणका उपायहरु के हुन् त्यसबारेमा...
वाङ्मय प्रतिष्ठानले सरकारी सहयोगबिना गरेको सेवा प्रेरणादायी : श्रेष्ठ (भिडियोसहित)
शनिबार, जेठ १०, २०८२
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले साहित्यका विभिन्न फाँटहरुमा लामो समयदेखि दायित्व वाङ्मय प्रतिष्ठान नेपालले योगदान दिँदै आएको बताएका छन् ।
देश बिग्रिन नदिन जेठ १५को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
शनिबार, जेठ १०, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बिग्रिन नदिनको लागि र भविष्य बिग्रिन नदिनको लागि सबैले आन्दोलनमा सहभागी हुनुपर्ने बताएका छन् ।
साताको लोकप्रिय

