Harsamaya
एसीसी यु–१६ क्रिकेटको दोस्रो खेलमा जापानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं - एसीसी मेन्स यू १६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मलेसियामा जारी एसीसी मेन्स यु१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा नेपाल र जापान प्रतिस्पर्धा गर्दै छन् ।

नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यु १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update