Harsamaya
हर समय
हर समय
दुर्गा प्रसाईंले गरे भारतमा आत्मसमर्पण
दुर्गा प्रसाईंले गरे भारतमा आत्मसमर्पण तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
२० वटा उद्योगहरूको कारोबार रोक्का (नामसहित)
२० वटा उद्योगहरूको कारोबार रोक्का (नामसहित) विभागले आज थप चार वटा उद्योगको कारोबार रोक्का गरेको छ भने यस महिना भरी १५० तार उद्योग अनुगमन गर्दै २० वटा भन्दा बढीको कारोबार रोक्का गरेको हो । 
मधेश प्रदेश सभा बैठक : भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा माग
मधेश प्रदेश सभा बैठक : भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा माग कुशवाहाले प्रदेशका विभिन्न योजनाहरूमा पनि मन्त्रीको असमर्थता र गलत कार्यप्रवृत्तिलाई उजागर गरेका छन् । उनले भने, ‘मन्त्री यादवले सदनमा उठेका मुद्दाहरूलाई गम्भीरतासाथ लिएका छैनन् । उनी आफ्ना कर्तव्यप्रति जिम्मेवार देखिएका छैनन् । प्रदेशका आठवटै जिल्लामा योजनाहरूको चिट्ठी मन्त्री यादवको सचिवालयमा बुझाएका छन् ।’
रौतहट ट्राफिक प्रहरी: नौ महिनामा ११ हजार सवारी कारबाहीमा
रौतहट ट्राफिक प्रहरी: नौ महिनामा ११ हजार सवारी कारबाहीमा सो सवारी साधनका चालकलाई कारबाही गरी १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक(इन्स्पेक्टर) लोकेन्द्र अधिकारी जानकारी दिए । 
४७ बर्षपछि जग्गा प्राप्ति सम्बन्धी नयाँ कानुन बन्दै
४७ बर्षपछि जग्गा प्राप्ति सम्बन्धी नयाँ कानुन बन्दै गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले भने, ‘प्राप्त सुझावसहित मन्त्रिपरिषद्को स्वीकृती लिएर विधेयकलाई संघीय संसदमा पेश गर्नेछौं ।’
आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन : प्रधानमन्त्री 
आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन : प्रधानमन्त्री  शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहजरुपमा सेवा सुविधा दिएर सुशासन कायम गर्ने सवाललाई प्राथमिकतामा राख्न निर्देश गर्दै उनले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरु पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोत साधनको तयारी गर्नुपर्नेमा पनि जोड दिएका हुन् । 
काठमाडौं गंगाहिटी मार्गमा रहेको भैरव हिटीको उत्खनन् 
काठमाडौं गंगाहिटी मार्गमा रहेको भैरव हिटीको उत्खनन्  वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ वटा हिटी छन् । जसमध्ये ८ वटा अस्तित्वमा छन् ।  वाहिटी, गंगाहिटी, गणेशधारा, भैरव हिटी, मित्र धारा वडामा भएका हिटीहरु हुन् । संकटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको बताए । 
पत्रकार रजकको हत्याका विषयमा छानबिन गर्न माओवादीले दबाब दिने
पत्रकार रजकको हत्याका विषयमा छानबिन गर्न माओवादीले दबाब दिने परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र छिटोभन्दा छिटो तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिइरहेको प्रवक्ता सापकोटाले बताए । 
वर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध 
वर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध  सडक अवरुद्ध भएपछि अहिले छिन्चु जाजरकोट सडक खण्डमा चल्ने सबै सवारी साधन सडकमै रोकिएका छन् भने यात्रु समेत प्रभावित भएका छन् । कतिपय नजिकका यात्रुहरु हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।
राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षति
राजपुरमा आगलागी : साढे १२ लाख बराबरको क्षति आगोमा जलेर आगलागीबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
चट्याङले लागेर दुई जनाको मृत्यु
चट्याङले लागेर दुई जनाको मृत्यु घाईतेको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो
नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो देशकी प्रसिद्ध गायिका रुबी पेरेजको लाइभ कन्सर्ट चलिरहेको बेला यो दुर्घटना भएको हो । लाइभ प्रदर्शनको क्रममा अचानक क्लबको छत भत्कियो र धेरै व्यक्तिहरू पुरिएका थिए । देशको आपतकालीन अपरेशन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले विगत २४ घण्टादेखि उद्धार कार्य जारी रहेको तर अहिले बाँच्ने आशा घट्दै गएको बताए ।...
Weather Update