Harsamaya
कांग्रेस केन्द्रीय समिति बैठक आजबाट
 नेपाली कांग्रेसको केन्द्रीय कार्यालय।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । विधानतः हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो ।

दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने बताइएको छ । यसका साथै, पार्टीको १०० दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि बैठकमा पेस गरिने बताइएको छ । बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी  गराउने कांग्रेसले जनाएको छ  ।

छलफलका मुख्य एजेन्डाहरूमा भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्था रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update