Harsamaya

काठमाडौँ - सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताएका छन् । 

महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको भन्दै सोको लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नुपर्ने बताएका हुन् । 

उनले भने,‘महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा २०८०÷८१ सम्मको अद्यावधिक बेरुजु ७ अर्ब ३३ करोड पुगेको उल्लेख छ । वार्षिक कारोबार गर्दा उल्लेखनीय बेरुजु देखिनु उचित होइन् । जसले वित्तिय अनुशासन प्रश्न मात्र खडा गरेको छ ।  सोका लागि तीन तहका कर्मचारीहरूले जिम्मेवारी पूर्वक कार्यसम्पादन गर्नुपर्ने छ । 

उनले समयको विकाससँगै लेखा परीक्षकमा पनि चुनौती थपिएका भन्दै त्यस्ता चुनौतीलाई अवसरको रुपमा रुपान्तरण गरी अगाडि बढ्नको लागि कार्यालयले आफूलाई सक्षम बनाउनुपर्ने धारणा राखे । 

‘समयको विकाससँगै लेखा परीक्षकमा पनि चुनौती थपिएका छन् । त्यस्ता चुनौतीलाई अवसरको रुपमा रुपान्तरणगरी अगाडि बढ्नको लागि कार्यालयले आफूलाई सक्षम बनाउनुपर्छ । त्यसको लागि लेखा परीक्षणमा नविनतम प्रविधिको उपयोग गर्नुपर्ने कर्मचारीमा सक्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।’ 

स्थानीय तहका लागि आर्थिक कार्यविधिसम्बन्धी कानुनको खाँचो देखिएको उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update