Harsamaya
हर समय
हर समय
त्रिकोणात्मक टी–२० मा नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित
त्रिकोणात्मक टी–२० मा नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने अलराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।
इजरायली हवाई आक्रमणमा मारिए इरानी सेनाका नवनियुक्त प्रमुख अली सादमानी
इजरायली हवाई आक्रमणमा मारिए इरानी सेनाका नवनियुक्त प्रमुख अली सादमानी इजरायलले गत शुक्रबारदेखि इरानमा आक्रमण गर्न थालेयता  इरानले कम्तीमा ११ वरिष्ठ जनरल गुमाइसकेको छ । इरानको सबैभन्दा वरिष्ठ सैन्य कमान्डर सादमानीलाई चार दिनअघि मात्र इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले उक्त पदमा नियुक्त गरेका थिए । उनले इजरायलले आक्रमणको सुरुमै मारेका वरिष्ठ जनरल गोलामली रसिदलाई प्रतिस्थापन गरेका थिए ।
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव,  राती कोशी , मधेश , गण्डकी र लुम्बिनी  प्रदेशमा भारी वर्षा
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव,  राती कोशी , मधेश , गण्डकी र लुम्बिनी  प्रदेशमा भारी वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
कार्टुनको मोहले बिग्रिँदै बालापन, अब कसरी हटाउने ‘डिजिटल नशा’ ?
कार्टुनको मोहले बिग्रिँदै बालापन, अब कसरी हटाउने ‘डिजिटल नशा’ ? आजभोलि अधिकांश अभिभावकलाई सताउने एउटै चिन्ता हो ‘कार्टुनको लत’। छोराछोरीलाई केहीबेर शान्त राख्न देखाइएको कार्टुन कति बेला बालबालिकाको जीवनमा ‘डिजिटल नशा’ बन्‍न पुग्छ, पत्तो नै हुँदैन।
 बढ्यो अमेरिकी डलर र युरोको भाउ,  यस्तो छ आजको विदेश मुद्राको विनिमय दर
 बढ्यो अमेरिकी डलर र युरोको भाउ,  यस्तो छ आजको विदेश मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ...
आजको राशिफल : मेषलाई आर्थिक लाभ, मिथुनलाई नयाँ अवसर , सिंहलाई प्रेममा सफलता !
आजको राशिफल : मेषलाई आर्थिक लाभ, मिथुनलाई नयाँ अवसर , सिंहलाई प्रेममा सफलता ! फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ। शत्रुहरू पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको...
सामाजिक सञ्जालमा तथ्यहीन र आधारहीन सामग्री प्रकाशन गर्ने रेशम राज पक्राउ
सामाजिक सञ्जालमा तथ्यहीन र आधारहीन सामग्री प्रकाशन गर्ने रेशम राज पक्राउ सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका-४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई तालिम
नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई तालिम नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि तिलाठी कोइलाडी गाउँपालिकामा भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको चार दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
‘द्वन्द्व पीडित र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन नहुनुमा राजनीतिक स्वार्थ छ’ (भिडियोसहित)
‘द्वन्द्व पीडित र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन नहुनुमा राजनीतिक स्वार्थ छ’ (भिडियोसहित) नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले द्वन्द्व पीडित र बेपत्ताकै नाममा पैसा खर्च भइरहेको तर काम नभएको बताएका छन् ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रही काम गर्न मन्त्री यादवद्धारा निर्देशन
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रही काम गर्न मन्त्री यादवद्धारा निर्देशन खानेपानीमन्त्री प्रदीप यादवले बाढी पहिराका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रुपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे
आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किए
प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किए विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गरेका छन्  ।
Weather Update