
काठमाडौं - आज २०८२ साउन ११ गते आइतबार । आजको दिन तपाईँको लागि कस्तो छ? हेरौँ आजको राशिफलमा ।
मेष : काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन्। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ।
वृष : पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। दिन व्यस्त भए तापनि स्वास्थ्य ठिक रहनेछ।
मिथुन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्त्वाकाङ्क्षी योजना सफल होलान्। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
कर्कट : व्यापार व्यवसायमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन्। सोचेभन्दा आम्दानी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। घरेलु काममा रुचि बढ्नेछ। धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ।
सिंह : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा गरेको लाभ मिल्न सक्छ। आफ्नो स्वास्थ्य बारेमा चिन्ता नगर्नुहोस्। यो रोग विरुद्ध शक्तिशाली खोप हो। तपाईँको सही मनोवृत्तिले गलत मनोवृत्तिलाई हराउनेछ।
कन्या : पारिवारिक सम्बन्धमा सुधार आउनेछ। मनग्य धन आर्जन हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेको।
तुला : पतिपत्नीबिच सम्बन्धमा सुधार आउनेछ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ।साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। अरूले तपाइको मेहनत र इमानदारिताको खुलेर प्रशंसा गर्नेछन्।
वृश्चिक : ठुला व्यक्तिको विशेष सहयोग जुट्नेछ । परिवारबिच आत्मीय भाव बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रशस्त लाभ मिल्नेछ। परोपकारी काममा रुचि बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। विश्वास गरेकाले धोका दिन सक्छन्। सामाजिक उत्तरदायित्व बढ्नेछ। बच्चाहरूले तपाईँको साँझ रमाइलो पार्नेछन्। नीरस र व्यस्त दिनलाई बिदा गर्न एउटा राम्रो खाने योजना गर्नुहोस्। उनीहरूको भेलाले तपाईँको शरीरलाई पुन ऊर्जा दिनेछ।
धनु : पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ। काम गर्ने मनोबल र उत्साह बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाई लेखाइमा प्रगति हुनेछ।
मकर : सोच्ने शक्ति बढ्नेछ। प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यापार व्यवसायबाट राम्रै फाइदाको योग छ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन्। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ।
कुम्भ : विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसीयाली छाउनेछ। स्वास्थ्यमा केही समस्या आउने देखिन्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। लामो समयपछि साथीभाइसँग भेटघाट हुँदा मन खुसी रहनेछ।
मीन : नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्।टाढाको यात्राको सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मेहनत गर्दा गरेको कामहरू सफल हुनेछन्।