आज प्रतिनिधिसभा बैठक बस्दै
शनिबार, असार ७, २०८२
आजको बैठकमा अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खानेपानी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
शनिबार, असार ७, २०८२
योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
शनिबार, असार ७, २०८२
यसैगरी आज युरोपियन युरो आज एकको खरिददर १५९ रूपियाँ२० पैसा र बिक्रीदर १५९ रूपियाँ ८९ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपियाँ ५१ पैसा र बिक्रीदर १८७ रूपियाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपियाँ ०७ पैसा र बिक्रीदर १६९ रूपियाँ ८० पैसा,अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपियाँ ६४...
यी पाँच प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित भारी वर्षा
शनिबार, असार ७, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कस्तो छ तपाईंको आजको दिन ?
शनिबार, असार ७, २०८२
तपाईंले अब उप्रान्त आफ्नो कामुक कल्पनामा बारेमा सपना देख्नु आवश्यक छैन; तिनीहरू आज साँचो हुन सक्छन्। आफ्नो जोडीले आज तपाईंलाई केही साँच्चै सुन्दर कुराले आश्चर्य गराउनेछन्।
टीआरसी गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा
शुक्रबार, असार ६, २०८२
यस्तै, उनले सरकार उक्त विषयमा सचेत रहेको भन्दै सरकारको तर्फबाट गर्ने सहयोगहरु कमी कमजोरी नहुनेगरि अगाडि बढाउने बताए । साथै, दैलेखमा पेट्रोलियम पदार्थ फेला परेको खुशी साटासाटको कुरा पनि बैठकमा प्रस्तुत भएको उनको भनाई थियो ।
नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर
शुक्रबार, असार ६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र पद्मा कोलोनी प्रालिका अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध २०८१ पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगका अनुसार, बस्नेतले मेयरको पदको दुरुपयोग गरी पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालकसमेत रहेका कँडेलसँग ९ करोड २२ लाख ४६...
सिरहा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु
शुक्रबार, असार ६, २०८२
मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन्।
फागुन २० गते राष्ट्रियसभाको निर्वाचन गर्ने आयोगको तयारी
शुक्रबार, असार ६, २०८२
प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको...
मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दिपक पक्राउ
शुक्रबार, असार ६, २०८२
ठोरी गाउँपालिका–२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
‘बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ’
शुक्रबार, असार ६, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीति र कानूनहरुमा राखेको बताएका छन् ।
मिस्टर महानगरपालिका उपाधिका लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने
शुक्रबार, असार ६, २०८२
वल्र्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद र ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो दिन असार ६ गते राष्ट्रिय सभा...
स्वास्थ्य बिमामा आबद्ध गराउन प्रोत्साहन गर्ने त्रिविको प्रतिबद्धता
शुक्रबार, असार ६, २०८२
कार्यक्रममा मन्त्री पौडेलले सरकारले संगठित क्षेत्रमा आबद्ध सबैलाई स्वास्थ्य बीमा कोषमा आबद्ध गराउने निर्णय गरिसकेकाले त्रिविले समेत आगामी दिनमा सबैलाई आबद्ध गराएर स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउन आग्रह गरे । यसका लागि आवश्यक गृहकार्य त्रिविले चाँडै सक्ने उनले विश्वास गरे ।
साताको लोकप्रिय

