Harsamaya
सेयर बजार बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३०.७६ अंकले बढेसँगै ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ ।

अघिल्लो कारोबार दिन नेप्से परिसुचक २.६१ अंक बढेको थियो । नेप्से परिसुचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अंकले घटेको भनिएको बजारपछि बढेको देखिएको हो ।

यस दिन कुल ३२१ स्टकको १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर कारोबार भएको छ । सोमबार १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.९७ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१२ अंकले बढेको छ । यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ ।

यसदिन मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६२.७३ रुपैयाँले बढेर १७९०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ७८.४० रुपैयाँले बढेर ८६२.७० रुपैयाँमा अन्तिम काराबार भएको छ । 

त्यसैगरी सान्भी इनर्जीको सेयर मूल्य प्रतिकित्ता ६९.९० रुपैयाँले बढेर ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नाडेप लघुवित्तको सेयर मूल्य पनि प्रतिकित्ता ९३.०२ रुपैयाँले बढेर १०२३.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update