Harsamaya
कैलाली पुगेर मन्त्री खड्काले भने - लोडसेडिङ देशभर छैन
उर्जा मन्त्री दिपक खड्का, कैलालीको लम्कीचुहाका मेयर सुशिला शाहीलगायत ।

काठमाडौं - उर्जा मन्त्री दिपक खड्काले देशभर लोडसेडिङ नभएको बताएका छन् । 

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको प्रसारण ग्रिड मध्यपश्चिम र सुदुरपश्चिम उपशाखा १३२/३३/११ केभी सब- स्टेशनको अवलोकन तथा निरीक्षणको क्रममा उनले यस्तो बताएका हुन् । 

उनले भने,  ‘लोडसेडिङ देशभर छैन । हामी ७०० देखि ८०० मेगावाट भारत र ४० मेगावाट विद्युत बंगलादेशमा दैनिक बेचिरहेका छौं । तर बेला बेलामा बत्ती जाने समस्या (ट्रिपिङ) देखिएकोले जनताले पाउने हैरानी र दुःख हटाउन विद्युत प्राधिकरणलाई निर्देशन दिदैँ आएको छु ।’ 

कैलाली, बर्दिया तथा सुर्खेत लगायतका जिल्लामा विद्युत सुविधा उपलब्ध गराउने यो कार्यालयले ट्रिपिङको समस्या हल गर्न र भरपर्दो विद्युत सुविधा उपलब्ध गराउन उनले निर्देशन दिए । 

समयअनुकूल र माग धान्नसक्ने गरि विद्युत वितरण प्रणाली बनाउन निर्देशन दिदैँ उर्जा मन्त्रालय सबै किसिमको सहयोग गर्न तयार र प्रतिबद्ध रहेको उनको भनाई छ । 

 यो वा त्यो नाममा बत्ती जाने गरेको  र नागरिकले दुःख पाउने भएकोले २४सैं घण्टा विद्युत आपूर्ति हुने गरि काम गर्न पनि खड्काले निर्देशन दिएका छन् ।  

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update