मन्त्रिपरिषद् बैठक बस्दै
बुधबार, वैशाख ३१, २०८२
सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।
यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
आइतबार बगाएको डाइभर्सन पुरानै भएको र सो क्षेत्रमा सडक मर्मतको काम बाँकी नै रहेको उनको भनाई छ । एक हप्ता भित्र सो क्षेत्रमा पनि सडक निर्माणको काम सकिने र त्यस पछि वर्षामा पनि नियमित यातायात सञ्चालन हुने योगेशले बताए ।
भूमिसम्बन्धी विधेयक संसदमा पेस
बुधबार, वैशाख ३१, २०८२
बुधबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन् ।
स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली
बुधबार, वैशाख ३१, २०८२
साथै उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए । उनले संस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए ।
नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगिरहेको छ : मन्त्री राणा (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
यस्तै, उनले नेपाललाई बलियो पूर्वाधारको आवश्यकता भएको भन्दै अन्य देशका साझेदारहरूको साथ प्राकृतिक जलवायु स्थिर गर्न र जीविकोपार्जन सहज गर्ने तर्फ लागेको बताईन् ।
सरकारका निकायहरूबीच समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिलाइ भयो : सांसद सापकोटा
बुधबार, वैशाख ३१, २०८२
उनले भने, ‘प्रि मनसुन सुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास भएको छ । वैशाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपद्का घटनाहरू भए । २१ जनाको मृत्यु भयो, अनुमानित १७ करोडको क्षति हुन पुग्यो ।’
सुनको मूल्य बढ्यो
बुधबार, वैशाख ३१, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
लिसंखुपाखरमा ‘नेपाली काँग्रेस-वैधानिक र व्यवहारिक वस्तुस्थिति’ विषयक प्रशिक्षण
बुधबार, वैशाख ३१, २०८२
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेतले क्रियाशील सदस्यता सम्बन्धी विवाद देशभर रहेको बताउँदै कार्यकर्तालाई क्रियाशीलता भएर पार्टीमा लाग्न अनुरोध गरे। साथै बस्नेतले काँग्रेसमा अन्तर्घात गर्ने बानी भएकोले चुनावमा अन्तर्घात नगर्न अनुरोध गरे।
उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन
बुधबार, वैशाख ३१, २०८२
उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।
काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
आज बिहान ६ : ५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिन बन्द
बुधबार, वैशाख ३१, २०८२
जेठ २ गते देखि २० गतेसम्म कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना जारी गर्दै सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरू पूर्णरुपमा बन्द गर्न लागिएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नेहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग...
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बुधबार, वैशाख ३१, २०८२
आज समितिले गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ कायम गरेको छ ।
साताको लोकप्रिय

