Harsamaya
प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि मन्त्रीको सपथ रोकियो
प्रदेश प्रमुख दीपक प्रसाद सापकोटा ।

काठमाडौं - बागमती प्रदेशमा नियुक्त भएका तीन मन्त्रीको सपथ स्थगित भएको छ ।

प्रदेश प्रमुख दीपक प्रसाद सापकोटाको स्वास्थ्यमा आएको समस्याका कारण आजलाई तोकिएको सपथ ग्रहण स्थगित भएको  प्रदेश प्रमुखको कार्यालय हेटौंडाले सूचना जारी गर्दै जनाएको छ । 

मुख्यमन्त्री बहादुर सिं लामाले बुधबार नियुक्त गरेका तीन मन्त्रीहरूको सपथ आज दिउँसो १ बजेका लागि तोकिएको थियो । सपथ ग्रहण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । 

 लामाले गोबिन्द लम्साल, माया श्रेष्ठ र गिता गुरुङलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

sapatha-1753932468.jpg

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update