जोशी हाईड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासनमा

काठमाडौं - जोशी हाईड्रोपावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ ।
गत असार ८ गते कम्पनीले हकप्रद सेयर निष्कासन गर्न एक दिनका लागि बुक क्लोज गरेको थियो ।
त्यसकारण असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँ बराबरको ६५ प्रतिशत अर्थात १:०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो ।
लगानीकर्ताले भदौ ४ गते भित्र हकप्रद खरिदका लागि आवेदन दिनुपर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय