Harsamaya
सुनचाँदीको मूल्य घट्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ३ सय १० रुपैयाँमा कारोबार  भएको चाँदी आज तोलामा ४० रुपैयाँले  घटेर २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update