सुन तोलामा १ हजारले बढ्यो
सोमबार, जेठ १९, २०८२
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’
सोमबार, जेठ १९, २०८२
राजधानीका सडकहरूमा सार्वजनिक बस नचल्दा बिहानैदेखि स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरू प्रभावित भएका छन् । वैकल्पिक सवारी साधन कम हुँदा हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।
गजेन्द्र थपलिया नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा निर्वाचित
सोमबार, जेठ १९, २०८२
महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा. दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा. लाक्पा शेर्पा, प्रचार सचिव डा. टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन भएका पदाधिकारी हुन्।
प्रहरीले भन्यो - राइड सेयरिङ एपमार्फत ठगिनु त भएको छैन ? १०३ मा कल गर्नूस्
सोमबार, जेठ १९, २०८२
आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ ।
आज चार संसदीय समितिका बैठक बस्दै
सोमबार, जेठ १९, २०८२
र्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेका हुन् । यी बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।
सार्वजनिक यातायात बन्द हुँदा यात्रु मारमा
सोमबार, जेठ १९, २०८२
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गर्ने निर्णय गरेको हो । बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ । कोटेश्वर-जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन भएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
सोमबार, जेठ १९, २०८२
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ४७ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण...
सार्वजनिक यातायात बन्द भएपछि हेटौँडामा जनजीवन प्रभावित
सोमबार, जेठ १९, २०८२
यातायात सेवा बन्द हुँदा सर्वसाधारणलाई अत्यधिक असर परेको छ । विशेष गरी कार्यालय जाने कर्मचारी, विद्यार्थी र दैनिक काममा निस्कने सर्वसाधारणलाई आवतजावतमा समस्या परेको छ । निजी सवारीसाधन नभएका नागरिकहरू गन्तव्यमा पुग्नका लागि वैकल्पिक साधनको खोजीमा रहेका छन् ।
कुनै पनि हालतमा मुलुक प्रतिगमनतर्फ फर्कने नसक्ने दाबी : पूर्ण बस्नेत
सोमबार, जेठ १९, २०८२
राजतन्त्र मुलुकको न गौरवपूर्ण इतिहास हो, न आसलाग्दो भविष्य सर्वसाधारणलाई दुख दिने राजावादीहरूको आन्दोलनको कुनै औचित्य नभएको उनको भनाइ छ ।
रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै
सोमबार, जेठ १९, २०८२
बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, पार्टीका गतिविधि, समसामयिक राजनीतिकलगायतका विविभ विषयमा छलफल हुनेछ । पछिल्लो समय रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न भएको भन्दै राजीनामा मागिरहेको छ ।
ऊर्जामन्त्री खड्काद्वारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण
सोमबार, जेठ १९, २०८२
‘आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तकिएकै समयमा सक्नेगरि लाग्नुस्,’ काम गर्ने स्पिड बढाउनुस्, कार्य प्रगतिको आधारमा बजेटको अभाव हुँदैन,’ मन्त्री खड्काले भने । ऊर्जामन्त्री खड्काले आयोजनाको १३.२ किलोमिटर सुरुङ निर्माण सकिएकोले अब हेडवक्सको काम तीव्र गतिमा सक्न ठेकदार कम्पनीलाई निर्देशन दिए ।
दरबार हत्याकाण्डको २४ वर्ष : ठूला दलहरू नै घटनाको निष्पक्ष छानबिन चाहँदैनन् !
सोमबार, जेठ १९, २०८२
उक्त घटनाबारे २४ वर्ष पुरा हुँदा पनि सत्य तथ्य सार्वजनिक भएको छैन । घटनापछिका हरेक सरकारहरूले दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्ने आश्वासन दिँदै आएका छन् । दर्जनौँ पटक सरकार परिवर्तन हुँदा पनि आजसम्म घटना रहस्यकै गर्भमा छ ।
एमाले संसदीय दलको बैठक बस्दै
सोमबार, जेठ १९, २०८२
बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ । जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।
साताको लोकप्रिय

