Harsamaya
मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान 
मधेश प्रदेश सभा भवन ।

जनकपुर - मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरिएको छ ।

बिहीबार प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हो । 

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको २०८२ भदौ ४ गतेको बैठकबाट प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोनिम प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार दिनको १ बजे मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update