राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक पारित गरिने

काठमाडौं - राष्ट्रियसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १२:१५ बजेबाट सुरू हुनेछ ।
आजको बैठकमा गृह, उद्योग, संस्कृति मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मा विचार गरियोस् तथा पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय