लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
सोमबार, जेठ २६, २०८२
अधिवेशनमा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र धनकुटा गरी पाँच जिल्लाबाट प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवबाट हुनेछ भने पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ उद्घाटन सत्रको विशिष्ट वक्ता रहने बताइएको छ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
सोमबार, जेठ २६, २०८२
बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित
सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डको डुन्डीमा आइतबार सम्पन्न खेलमा नेपाल दुई रनले पराजित भएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो ।नेपालका भीम सार्कीले अर्धशतक बनाउँदै ७३ रन बनाए । भीमले ८५ बलमा आठ चौका प्रहार गरे । सोमपाल कामीले ६७, दिपेन्द्र ऐरीले ...
कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
सोमबार, जेठ २६, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
सोमबार, जेठ २६, २०८२
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
प्लास्टिक सर्जरी एकसय प्रतिशत नै सफल हुन्छ भन्ने हुँदैन् : डा.जसवन शाक्य
सोमबार, जेठ २६, २०८२
शरीरमा गरिने प्लास्टिक सर्जरीको कुरा गर्दा यसको महत्वबारे बुझनुपर्छ । वास्तवमा ‘प्लाष्टिक’ भन्ने शब्द ग्रिक हो । शरीरको कुनैपनि भागको छाला वा मांसपेशी बिग्रिएकालाई बनाउने र प्लास्टिक जस्तै मोड्ने भएकाले प्लास्टिक सर्जरी भनिएको हो ।
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर
सोमबार, जेठ २६, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ...
नेपालमा पहिलोपटक ‘सेक्स चेन्ज’ अपरेसन सफल, विदेशमा भन्दा सस्तो सेवा (भिडियोसहित)
सोमबार, जेठ २६, २०८२
नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्व गरिएको छ ।
आजको राशिफल : भाग्य, प्रेम र अवसरको समिश्रण !
सोमबार, जेठ २६, २०८२
आज २०८१ जेठ २६ गते सोमबार। आजको दिन आकाशले आश्चर्यको झोला खोल्दैछ। ग्रहहरूको संयोगले तपाईंको जीवनमा नयाँ उत्साह, उर्जा र अवसरको संकेत गरिरहेको छ। प्रेम, पैसा, पेशा र परिवारका हिसाबले आजको दिन तपाईंको राशिमा के-कस्ता प्रभाव परिरहेका छन्?
७ करोड १० लाख रुपैयाँको मन्थली चिस्यान केन्द्र अलपत्र (भिडियोसहित)
आइतबार, जेठ २५, २०८२
रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अझै सञ्चालनमा नआएपछि अलपत्र परेको छ ।
काठमाडौँमा पानीका लागि ट्याङ्करको भर पर्नु पर्दैन्, बर्खामा मेलम्ची बन्द हुँदैन् : मन्त्री यादव
आइतबार, जेठ २५, २०८२
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको अब चाँडै अन्त्य हुने बताए।
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री (भिडियोसहित)
आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् ।
उपप्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलनबाट २० बुँदे घोषणा पत्र जारी (भिडियोसहित)
आइतबार, जेठ २५, २०८२
विराटनगरमा सम्पन्न स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनले विराटनगर घोषणा पत्र–२०८२ जारी गरेको छ ।
साताको लोकप्रिय

