Harsamaya
देशभर वर्षाको सम्भावना, तराई-पहाडमा सतर्कता आग्रह
मनसुन सक्रिय रहेसँगै आज देशभर आकाश सामान्यतया बदली रहने र धेरै स्थानमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागका विभिन्न स्थानमा मध्यम वर्षा पर्ने अनुमान गरिएको छ।

काठमाडौँ - मनसुन सक्रिय रहेसँगै आज देशभर आकाश सामान्यतया बदली रहने र धेरै स्थानमा वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागका विभिन्न स्थानमा मध्यम वर्षा पर्ने अनुमान गरिएको छ।

त्यस्तै, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भूभागका थोरै स्थान र तराईका एक-दुई स्थानमा समेत वर्षा हुने देखिएको छ। आज राति पनि देशभर बदली रहि अधिकांश पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले लगातारको वर्षाले पहाडी क्षेत्रमा भूस्खलनको जोखिम र तराई क्षेत्रमा जलमग्नता हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update